Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

श्रम मन्त्रालयको मार्सल टोलीद्धारा म्यानपावरमा स्टिइङ अपरेसन, तीनजना पक्राउ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको 'मार्सल टोली' ले आज स्टिइङ अपरेसन गरेको छ ।

आइतवारदेखि संचालन भएको 'कल सेन्टर' मा एक म्यानपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि टोलीले स्टिइङ अपरेसन गरेको हो ।

काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिइ ठगी गरिरहेको सूचना आएपछि मन्त्रालयले गठन गरेको 'मार्सल टोली' ले संचालक हेमराज राई सहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।

वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अलि मुस्तफासँग १ लाख २० हजार रुपैयाँ लिंदै गरेको अवस्थामा म्यानपावर संचालक राई, म्यानपावरका कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित नियन्त्रणमा लिइ केन्द्रीय अनुसन्धान व्युरोमा लगिएको 'मार्सल टोली' का संयोजक बिष्णु लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077