Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'भीम रावलको पीएचडी नक्कली, गोप्य रूपमा एमसीसी सम्झौता गरेको पुष्टि गर्न चुनौती'

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भीम रावलको पीएचडी नक्कली भएको आशंका व्यक्त गरेका छन् । सामबार राति सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले यस्तो आशंका व्यक्त गरेका हुन् । भट्टराईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीप्रति आपत्ति समेत जनाएका छन् । बाबुरामले आफू प्रधानमन्त्री हुँदा ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न समेत भीम रावललाई चुनौती दिएका हुन् । उनले लेखेका छन्, ‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ ।' बाबुरामले थप लेखेका छन्, ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’ यसअघि रावलले एमसीसीको विषयमा लेखेको पत्रमा बाबुरामले गोप्य सम्झौता गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077