Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीए नेपालले भन्यो-'एमसीसी सम्झौताबारे कुनै ‘गोप्य’ दस्ताबेज छैन'

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै पनि ‘गोप्य’ अथवा लुकाइएको दस्तावेज नभएको प्रष्ट पारेको छ।

अर्थ मन्त्रालय अन्तर्गतको एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीए(नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्‍य माध्‍यमबाट सार्वजनिक गरिएकाले उक्त आरोपहरु निराधार भएको प्रष्ट पारेको हो ।

पछिल्लो समय सत्तारुढ गठबन्धनका नेता झलनाथ खनालले एमसीसीसम्बन्धी लुकाइएका केही सम्झौताहरु आफूहरुले फेला पारेको भन्दै विभिन्‍न सञ्‍चारमाध्यमहरुमा अन्तर्वार्ता दिएको समाचारहरु आएपछि त्यसको खण्डन गर्दै एमसीए नेपालले कुनै फाइल गोप्य राखिनु वा लुकाउनु पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुने भन्‍दै कुनै पनि दस्तावेज नलुकाइएको विज्ञप्तिमा उल्लेख छ ।

‘एमसीए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सावर्जनिक महत्वका सम्पूर्ण दस्ताबेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ । एमसीए–नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीए–नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुन्छ, विज्ञप्तिमा भनिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077