Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्च अदालतको सेवा स्थगन माघ २८ गतेसम्म निरन्तर रहने फुलकोर्टको निर्णय

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई माघ २८ गतेसम्म निरन्तरता दिएको छ ।

सर्वोच्चको माघ १८ गतेको पूर्ण बैठकबाट सेवा स्थगनलाई निरन्तरता दिने निर्णय भएको सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्तिमार्फत जानकारी दिए ।

उनका अनुसार कोरोनाको विषम परिस्थितिमा अदालतमा उपस्थित तथा भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति लगायको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनिकरणका लागि २८ गतेसम्म निरन्तरता दिने निर्णय भएको हो ।

यसअघि सर्वोच्चको माघ ४ गतेको पूर्ण बैठकले सेवा स्थगनको निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077