Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचनको तयारी शुरू गर्न प्रधानमन्त्री देउवाले दिए निर्देशन

    स्थानीय तह निर्वाचनको तयारी शुरू गर्न प्रधानमन्त्री देउवाले दिए निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते एकै चरणमा गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचनको अर्को मिति प्रस्ताव गरेको हो ।

    प्रधानमन्त्री देउवासहित मन्त्रिपरिषद्का सदस्यसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुने मिति प्रस्ताव गरेको जानकारी दिएका छन्।



    आयुक्त थपलियाले चुनावका लागि आयोग तयारी अवस्थामा रहेको र आयोगको प्रस्तावमा प्रधानमन्त्रीसमेत सकारात्मक रहेको बताए ।



    स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्थानीय तहका पदाधिकारीको म्याद सकिनुभन्दा दुई महिना अगाडि स्थानीय तहको निर्वाचन हुनुपर्ने छ । ऐनबमोजिम चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने हो । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार