Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले मिति प्रस्ताव गरेपछि एमालेको सचिवालय बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत सो मितिमा सहमति जनाएपछि पार्टीको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो ।

यस्तै बैठकमा विविध कारणले रोकिएका जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशनको विषयमा पनि छलफल हुने बताइएको छ । एमाले सचिवालयमा पदाधिकारी (१९ जना) सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077