Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आफ्ना मन्त्रीहरुलाई प्रेम आलेले जस्तै काम गर्न माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पर्यटन मन्त्री प्रेमबहादुर आलेले गरेको कामको प्रशंसा गर्दै आफ्ना मन्त्रीहरुलाई पनि उनले झैं काम गर्न निर्देशन दिएका छन्।

बुधबार एकीकृत समाजवादीको भातृ संस्था अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो निर्देशन  दिएका हुन्।

'प्रेम आले जीले मन्त्रालयको काम गर्ने क्रममा जनताको भावना सम्बोधन गर्दै आउनुभएको छ। निरन्तरता अन्तिम समयसम्म कायम रहोस्, अध्यक्ष नेपालले भने, 'मन्त्रीले पनि त्यही हिसाबले काम गर्दै जानुस्।'

यस्तै, अध्यक्ष नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना कुनै हालतमा पूरा नहुने बताए।

‘हामीले पाँच दलीय गठबन्धन निर्माण गरेका छौं। दिनदिनै पत्रपत्रिकामा अनेक समाचार पढेर कतिपयको दिमाग खराब हुने गरेको छ। दिमाग खराब गर्ने काम नगर्नुस्,यो गठबन्धन टुट्नेवाला छैन,’अध्यक्ष नेपालले भने ।

नेपालले गठबन्धन भत्कनेजस्ता समाचारमा सत्यता नभएको दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077