Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

करिब डेढ लाख मूल्य बराबरको अवैध सामान बरामद

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले अवैध भन्सार छलीका सामान बरामद गरेको छ।

जिल्लाको टीकापुर नगरपालिका–७ ढुंगाटोल र कैलाली गाउँपालिका–३ शिवरतनबाट भारतबाट भित्र्याइएको सामान बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरका अनुसार १ लाख ३० हजार १ सय मूल्य बराबरका मोटसाइकल, चिनी र कपडा बरामद भएका गरिएको हो ।

बरामद बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सत्ति भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077