Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हाडनाता करणीबाट जन्मिएको शिशु हत्या गर्न लगाउने युवकलाई जन्मकैद

कैलाली । हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला गरेको छ । करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला गरेको हो ।

राजकुमारमाथि भाउजु नाता पर्ने युवती (परिवर्तित नाम रिंकु) बलात्कार गरेको आरोप थियो । बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन्। राजकुमारले बच्चा जन्मिने बित्तिकै मारिदिनु भन्दै दबाव दिँदै आएको पीडित पक्षको आरोप थियो।

कुनै समस्या आए आफू जवाफदेही हुने भन्दै पटक पटक राजकुमारले दबाव दिएपछि युवतीले जन्मेको ३४ दिनमा बिषादी खुवाई आफ्नै सन्तानको हत्या गरेकी थिइन्। उक्त मुद्दामा बाजुरा जिल्ला अदालतले राजकुमारलाई निर्दोष भन्दै सफाइ दिएको थियो।

तर मंगलबार उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतवहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ।

यस्तै युवतीलाई चार वर्ष कैद हुने गरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय भने उच्च अदालतले सदर गरेको छ । विषादी जडिबुटी ल्याएर बालकलाई खुवाउन सहयोग गरेको आरोपमा एक महिलालाई ६ महिना कैद सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077