Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने एमालेको निर्णय

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात 'मत क्रस' गर्नेलाई नेकपा एमालेले कारबाही गर्ने भएको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १२ गते भएको राष्ट्रिय सभाको चुनावमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको बताइएको छ । आजको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गर्न निर्देशन दिने निर्णय गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनका क्रममा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा 'मत क्रस' भएको थियो । सुदूरपश्चिममा एमालेको मत गठबन्धनलाई गएको थियो । राष्ट्रिय सभाको निर्वाचनमा एमालेले एक सिट मात्र जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077