Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादीको बैठकमा प्रचण्डले भने- एमसीसी पास हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने बताएका छन् ।

बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संशोधन नगरी एमसीसी पास नहुने बताए ।

‘एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ । त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन,' प्रचण्डको सम्बोधनलाई उद्धत गर्दै स्रोतले भन्यो, 'एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन ।’

एमसीसीलाई देखाएर नेकपा एमालेले सत्तरुढ गठबन्धनलाई टुटाउने खेल खेलको प्रचण्डको आरोप थियो । एमसीसीकै कारण गठबन्धन नटुट्ने प्रचण्डको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077