Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा १४.६० अङ्कले गिरावट आई दुई हजार ८७६.७४ मा ओर्लेको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२५ अङ्कले ओरालो लागेर ५३९.६५ मा सीमित भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने आज बढेको छ । कूल २२४ कम्पनीको एक करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर रु आठ अर्ब ६१ करोड २१ लख ७४ हजार १६२ मा खरिद बिक्री भए । कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ । एघार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

जलविद्युत् ६.१६ र निर्जीवन बीमा १२.१७ अङ्कले उकालो लागेको छ । बैंकिङ ६.१८, व्यापार २२.८७, होटल तथा पर्यटन ३८.६४, विकास बैंक ५४.२९, वित्त ३३.७१, उत्पादन ७९.४१, अन्य ९.३, लघुवित्त ५४.३३, जीवन बीमा १७२.७४, सामूहिक लगानी कोष ०.१ र लगानी ०.५७ अंकले ओरालो लागेको छ ।

बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ६५ अर्ब ३७ करोड २६ लाख २७ हजार २२३ बराबर पुगेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ८२ करोड ७० लाख ३५ हजार ३३६ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु ५२ करोड ५० लाख १८ हजार ७२२, शिखर इन्स्योरेन्स रु २६ करोड ८० लाख ६८ हजार ४४, नेशनल हाइड्रोपावर रु २४ करोड ८१ लख ७८ हजार २५९ र एचआइडिसिएल रु २४ करोड ३७ लाख ३५ हजार १३६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त १०, बुद्धभूमि नेपाल हाइड्रोपावर ९.७३, साहस ऊर्जा ६.०६, अरुण भ्याली हाइड्रोपावर ५.३३ र मैलुङ खोला जलविद्युत् परियोजनाका लगानीकर्ताले ४.२५ प्रतिशतले कमाए । आरएमडिसी लघुवित्त ३.४९, पोखारा फाइनानस ३.०७, गुर्खाज फाइनान्स २.९९, एनएमबी हाइब्रिड फण्ड २.७८ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.७५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077