Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले जलायो प्रधानमन्त्री देउवाको पुत्ला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)निकट अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

बिहिबार अपरान्ह काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धको विरोधमा प्रदर्शन अनेरास्ववियुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्नुपर्नेमाग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको थियो ।

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको थियो। हाल पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077