Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राहदानी बनाई दिने भन्दै रकम लिई ठगी गर्ने एकजना पक्राउ

    राहदानी बनाई दिने भन्दै रकम लिई ठगी गर्ने एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौंमा राहदानी बनाई दिने भनी रकम लिई ठगी गर्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ५ संगमचोक बस्ने ३५ बर्षीय मनोज सापकोटा रहेका छन् ।

    काठमाडौंको त्रिपुरेश्‍वरस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाहीका सोम बहादुर स्याङ्तानलाई राहदानी बनाई दिने भनी आफूलाई उनले १२ हजार रुपैयाँ लिई सम्पर्कबिहिन भएका थिए ।



    महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले सापकोटालाई नियन्त्रणमा लिएको हो । उनीमाथि ठगी, आपराधिक बिश्‍वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा मुद्धा दर्ता गरिएको प्रहरी बृत्त कालिमाटीले जनाएको छ ।



    काठमाडौं जिल्ला अदालतबाट ५ दिनको अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार