Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्ला भन्ने स्थानमा मोहन बहादुर बस्नेतले सञ्चालन गरेको मिलमा बेरिएर दिल बहादुर खत्रीकी ११ वर्षीया छोरी ललिता खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसोको समयमा खेल्ने क्रममा अचानक चलिरहेको मिलको पट्टामा बेरिएर ललिताको मृत्यु भएको हो ।

मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077