Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्याङ्जामा पनि जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

काठमाडौं । स्याङ्जाको विरुवा गाउँपालिका ३ धोवादीस्थित भित्रि सडकमा जीप दुर्घटना हुदाँ चालकसहित दुई जनाको मृत्यु भएको छ।

जीप खसेको खबर पाएपछि पुगेको प्रहरीले जीपर्म रहेका २ जनालाई मृत फेला पारेको हो । सोही गाउँपालिका खाली निवासी जीप चालक २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विरूवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नम्बरको सो जीप सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो।

यसअघि गएराताी प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077