Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लागूऔषधसहित दुईजना पक्राउ

    लागूऔषधसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २२ माघ २०७८
  • 1.1K
    SHARES

    कैलाली । प्रहरीले कैलालीमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १० उदासिपुरबाट बझाङ साविक खिरातडी गाविस ७ घर भई हाल गौरीगंगा नगरपालिका वडा नंम्बर ८ चमारीपुर बस्ने ५३ वर्षीय मानबहादुर धामी र र सोही ठाउँका ३० वर्षीय बिर्ख धामीलाई प्रहरीले पक्राउ गरेको हो ।



    उनीको सथाबाट ४.५ किलोग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुले प्रयोग गरेको से २प ४११५ नंबरको मोटरसाईकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।



    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार