बैतडी । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत भेटिएका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँका ४५ वर्षीय मानसिंह रावत आज मृत भेटिएका हुन् ।
बिहीबारदेखि सम्पर्कविहीन रावतको खोजी गर्दा घर नजिकै मृत फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
रावतको मृत्युको कारण खुल्न सकेको छैन। रावतको शव अहिले परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।