Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णाली प्रदेशमा पनि आज मन्त्रिपरिषद विस्तार गर्ने मुख्यमन्त्री शाहीको तयारी

काठमाडौं । कर्णाली प्रदेशमा पनि आज सरकार गठनको तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिएको छ ।

प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

प्रदेश सरकारमा माओवादी केन्द्रले ४, कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले ३ मन्त्रालय दाबी गरिरहेका छन् । सत्ता गठबन्धन दलबीच केन्द्रमा भएको सहमतिअनुसार माओवादीलाई ३, कांग्रेसलाई तीन र एकीकृत समाजवादीलाई २ वटा मन्त्रालय दिने तयारी भएको बताइन्छ ।

केन्द्रको सहमतिअनुसार मुख्यमन्त्री शाहीले बाँकी ५ मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेका हुन् । यसअघि माओवादी केन्द्रका विन्दमान विष्ट र एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई समेटेर मुख्यमन्त्री शाहीले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077