Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र प्रचण्डबीच फोन वार्तामै चर्काचर्की, 'एमसीसीको पत्र किन सार्वजनिक गरेको ?'

काठमाडौं । एमसीसी सम्झौताको बिषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच चर्काचर्की भएको छ।

एमसीसीलाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले प्रचण्ड र माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा चर्काचर्की भएको हो।

स्रोतका अनुसार प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको तथा एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्री देउवासमक्ष आपत्ति जनाएका थिए । ‘पत्र अहिले सार्वजनिक गर्नुपर्ने त्यस्तो के भयो ?’ भन्दै देउवासँगको फोनमा उनीहरुले असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ ।

आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । पत्रमा दुबै नेताले एमसीसी अनुमोदन गर्न समय मागेका र एमसीसीको जवाफी पत्रमा सम्झौता पारित गराउन २२ दिनको अल्टिमेटम दिइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077