Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच फोन वार्तामै चर्काचर्की, ‘एमसीसीको पत्र किन सार्वजनिक गरेको ?’

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच फोन वार्तामै चर्काचर्की, ‘एमसीसीको पत्र किन सार्वजनिक गरेको ?’

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । एमसीसी सम्झौताको बिषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चर्काचर्की भएको छ।

    एमसीसीलाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले प्रचण्ड र माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा चर्काचर्की भएको हो।



    स्रोतका अनुसार प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको तथा एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्री देउवासमक्ष आपत्ति जनाएका थिए । ‘पत्र अहिले सार्वजनिक गर्नुपर्ने त्यस्तो के भयो ?’ भन्दै देउवासँगको फोनमा उनीहरुले असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ ।



    आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । पत्रमा दुबै नेताले एमसीसी अनुमोदन गर्न समय मागेका र एमसीसीको जवाफी पत्रमा सम्झौता पारित गराउन २२ दिनको अल्टिमेटम दिइएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार