Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसी पास नगर्ने प्रचण्डको अडान कायमै, देउवालाई दिए सरकारबाटै बाहिरिने चेतावनी

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेका छन् ।

पछिल्लो समय राजनीतिक दलका नेताहरुबीच पेचिलो बन्दै गएको एमसीसी सम्झौताको बिषयलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवासँग असन्तुष्ट रहेका प्रचण्डले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेका हुन्।

जसरी भए पनि एमसीसी पारित गराउने प्रधानमन्त्री देउवाको अडानपछि एमसीसीको विपक्षमा रहेका माओवादी अध्यक्ष प्रचण्डले आइतबार बिहान यस्तो निर्णय लिएका हुन्।

यस्तै, प्रचण्ड एमसीसीबारे अमेरिकालाई गत सेप्टेम्बरमा लेखेको पत्र सार्वजनिक भएको भन्दै देउवासँग रुष्ट भएका छन् । अहिलेको समयमा पत्र सार्वजनिक गरिनु गलत भएको प्रचण्डको भनाइ छ ।

‘यदि तपाईँलाई एमसीसी पास गराउनैपर्ने अप्ठ्यारो छ, तपाईँ एमालेको सहयोग लिने हो भने पनि लिनुहोस, तर हामी सरकारमा रहँदैनौं । एमसीसी पारित गर्ने पक्षमा हामी छैनौं,' प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077