Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न मन्त्री आलेलाई मधेशी आयोगको पत्र

    जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न मन्त्री आलेलाई मधेशी आयोगको पत्र

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । मधेशी आयोगले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न तथा विभिन्न सांस्कृतिक स्थलहरुको व्यवस्थापन गर्न संस्कृति मन्त्रीलाई पत्र लेखेको छ।

    आइतबार आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई एक पत्र लेख्दै जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न आवश्यक व्यवस्था मिलाइदिन यथाशिघ्र माग गरेका छन्।



    अध्यक्ष डा.दत्तले सप्तरीस्थित सखाड़ेश्वरी मन्दिरको सार्वजनिक व्यवस्थापन, राजविराजस्थित राजदेवी मन्दिर जुन पुरातात्विक अध्ययनबाट तेस्रो सताब्दीको रहेको, बलान-बिहुल गा.पा-३ मौवाहाको करिब २ सय बर्ष पुरानो लक्ष्मीनारायण मन्दिरको आवश्यक विकास तथा व्यवस्थापन, धनुषा जिल्लाको धनुषाधाम, महोत्तरीको जलेश्वरनाथ, सर्लाही र रौतहट जिल्लाको मध्यमा रहेको नुनथर, वारा जिल्लाको गढीमाई, मोरंग जिल्लाको विराटनगरसहित विराट दरवार, बाँके जिल्लाको नेपालगंजस्थित बागेश्वरी मन्दिरसहितका जिल्लाहरुको सांस्कृति स्थलहरुको उचित तथा यथाशिघ्र विकास गरि सांस्कृतिक, पर्यटनबाट मुलुकलाई आर्थिक बल पुग्ने कुरा रहेको उल्लेख गरेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार