Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मधेशी भाषामा शपथ गराइएको भन्‍दै संसद सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण

    मधेशी भाषामा शपथ गराइएको भन्‍दै संसद सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 720
    SHARES

    काठमाडौं । मधेशी आयोगले जनमत पार्टीका अध्यक्ष डा.सी.के राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई मधेशी भाषामा शपथ लिन मान्यता दिएको भन्दै संघीय संसदको सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।

    पुस ७ गतेको संसद भवनमा चन्द्रकान्त राउत (सीके)सहित केही प्रतिनिधि सभाका सदस्यहरुले भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको ‘मधेशी भाषा’मा शपथ लिएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले संघीय संसदको सचिवालयलाई शुक्रबार पत्र पठाएकी हुन् ।



    आयोगका अध्यक्ष डा विजयकुमार दत्तले शपथ ग्रहण समारोहपछि दर्जनौँ सङ्घ–संस्थाले फोन सम्पर्क गरी मधेशी भाषा औपचारिक रूपमा सूचीकृत नरहेको र त्यो भाषामा शपथ लिनुले अन्य विद्यमान भाषामाथि नकारात्मक प्रभाव पर्ने हुनाले यसमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको बताएका छन् ।



     

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार