Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रतिनिधिसभाका सांसदले मातृभाषामा शपथ लिन सक्ने

    प्रतिनिधिसभाका सांसदले मातृभाषामा शपथ लिन सक्ने

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 666
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मातृभाषामा शपथ लिनसक्ने संघीय संसद सचिवालयले जनाएको छ।

    त्यसका लागि शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम संघीय संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने छ ।



    संघीय संसद सचिवालले मंगलबार जारी गरेको सूचनामा दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सांसदहरुलाई अनुरोध पनि गरिएको छ ।



    नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जेष्ठ सदस्यले सांसदहरुलाई शपथ गराउने तय भएको छ ।

    संविधानको धारा ८८ बमोजिम संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ ।

    शपथ ग्रहण कायर्यक्रम बिहीबार दिउँसो १ बजेदेखि सुरु हुने भएपनि नवनिर्वाचित सांसदहरुलाई ११ बजे नै प्रतिनिधि सभा बैठक कक्षमा पुग्न संसद सचिवालयले सूचित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार