Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • संसद् सचिवालयले सांसदसँग दुई दिन अभिमुखीकरण गर्दै

    संसद् सचिवालयले सांसदसँग दुई दिन अभिमुखीकरण गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 384
    SHARES

    काठमाडौं । संसद सचिवालयले सांसदलाई संसदीय व्यवस्था तथा संसदको नीति र कानून जानकारी गराउन अभिमुखीकरण सञ्चालन गर्ने भएको छ।

    बिहीवार र शुक्रवार हुने अभिमुखीकरण कार्यक्रम संघीय संसद भवन, नयाँ बानेश्वरमा आज ११ बजेबाट शुरु हुने जनाइएको छ।



    नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको संसद सचिवालयले जनाएको छ।



    आज ११ बजे आईसीसीको लोकसेवा हलमा सुरु हुने कार्यक्रमको सभामुख देवराज घिमिरेले उद्घाटन गर्नेछन्।

    अभिमुखीकरणमा संविधानसभा अध्यक्ष, पूर्वसभामुखलगायतले संसदीय व्यवस्था, कानून तथा अभ्यासका बारेमा आफ्नो अनुभव आदानप्रदानसहितको अन्तर्क्रिया हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार