Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णाली प्रदेशमा थपिए पाँचजना मन्त्री, प्रदेश प्रमुख परियार समक्ष लिए शपथ

काठमाडौं । कर्णाली प्रदेशमा तीन दलीय गठबन्धनको सरकार गठन भएको तीन महिनापछि पाँच मन्त्री नियुक्त भएका छन् । नवनियुक्त पाँच मन्त्रीले आज आइतवार बेलुकी प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाली कांग्रेसबाट कात्तिक १६ गते जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि दुई मन्त्री नियुक्त भइसकेका छन् । आज कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र नेकपा एकीकृत समाजवाद पार्टीबाट एक मन्त्री थपिएका हुन् ।

कांग्रेसबाट यज्ञबहादुर बुढा सामाजिक विकास मन्त्री, र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका हुन् । यस्तै माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा र गैरसांसद छिरिङ डम्डुल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन् ।

एकीकृत समाजवादीका पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077