Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीलाई पठाएको पत्र लुकाउनु सार्बभौम नागरिकप्रतिको घोर अपमान हो : सचिव भट्टराई

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी बोर्डलाई पत्र पठाएकोबारे जनतालाई जानकारी नदिएर नागरिकप्रति घोर अपमान गरेको टिप्पणी गरेका छन् ।

आज साँझ सामाजिक सञ्जालमार्फत सचिव भट्टराईले एमसीसीलाई पत्र पठाएकोबारे जानकारी नदिएर नागरिकको सूचनाको हकलाई कुन्ठित गरी आफ्नो अपारदर्शी र अलोकतान्त्रिक चरित्र देखाएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, 'प्रधानमन्त्री र गठबन्धनका अर्का नेता पुष्पकमल दाहालले एमसीसीका बारेमा अमेरिकी सरकारलाई पठाएको पत्र नेपाली जनतालाई जानकारी नगराउनु र लुकाउनु सार्वभौम नागरिकप्रतिको घोर अपमान हो ।

लोकतान्त्रिक राज्यमा नागरिकको सूचनाको हक संवैधानिक अधिकार हो, सरकारले यो अधिकारलाई कुन्ठित गरी आफ्नो अपारदर्शी र अलोकतान्त्रिक चरित्र देखाएको छ ।'

आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको हस्ताक्षरमा एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077