Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नाबालिकामाथि बलात्कार गरेका आरोपित पुर्पक्षका लागि जेल चलान

काठमाडौं । नाबालिका ब्ल्याकमेल गरी बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौले आदेश दिएको छ ।

फेसबुकमार्फत् चिनजान गरी नाबालिकालाई साथी बनाएर पछि ब्ल्याकमेल गरी बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई अदालतले आइतबार पुर्पक्षका लागि जेल चलान गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काभ्रे पनौती नगरपालीका १ घर भई ललितपुरको सुन्धारा बस्ने २१ वर्षीय सुजन श्रेष्‍ठलाई जेल चलान गरिएको हो । उनलाई प्रहरीले गत पुस ३० गते नियन्त्रणमा लिएको थियो ।

उनले फेसबुकमा सौगात महर्जनको नामबाट नक्कली आइडी खोलेका थिए। उनले तीन महिना अघि मात्रै फेसबुकमार्फत् चिनेकी एक बालिकालाई सुरूमा हैरानी दिएको प्रहरीले जनाएको छ। बारम्बार भिडिओ कल गरी संवेदनशील अंगहरू देखाउन लगाइ कल रेकर्ड गरेको तथा विद्यालयका साथी परिवारलाई समेत देखाइदिन्छु भन्दै धम्क्याएका थिए ।

उनले त्यसरी सामाजिक सञ्जालमा समेत सार्वजनिक गर्छु भन्दै ब्ल्याकमेलिङ गरी गत पुस २७ गते बालिकालाई राति बुढानिलकण्ठमा बोलाएका थिए। सुजनले बालिकालाई एक निर्माणाधिन घरमा बोलाएर बलात्कार गरी फरार भएका थिए । प्रहरीमा जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077