Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादी केन्द्रमाथि बाबुरामको टिप्पणी : भित्र खाओवाद बाहिर माओवाद !

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रलाई भित्र खाओवाद, बाहिर माओवाद भएको टिप्पणी गरेका छन् । आइतवार राति ट्वीट गर्दै उनले माओवादी केन्द्रलाई भित्र खाओवाद, बाहिर माओवाद भएको टिपपणी गरेका हुन् । उले लेखेका छन्,'भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दै बन्दैन । एमसीसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !' नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी मुख्यालयलाई लेखेको पत्र आइतबार बाहिरिएसँगै चर्को आलोचना भइरहेको बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले पनि ‘प्रचण्ड’माथि आक्रोश पोखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077