Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रासायनिक मल कारखाना खोल्न कृषि मन्त्रालयको सक्रियता

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल कारखाना खोल्ने विषयलाई प्राथमिकतामा राखेर छलफल अगाडि बढाएको छ । मन्त्रालयले सोमबार लगानीकर्तालगायत अन्य सरोकारवालासँग छलफल गर्ने भएको छ ।

कृषिमन्त्री महिन्द्रराय यादवले बर्सेनि हुने मलको हाहाकार रोक्नका लागि एक मात्र विकल्प भनेको आफ्नै कारखाना खोल्ने हो, त्यसका लागि प्रतिवेदन तयार भइसकेको र लगानीकर्ता पनि आइरहेको हुनाले त्यसलाई अगाडि बढाउन सोमबार छलफल राखिएको जानकारी दिए ।

मन्त्रालयमा राखिएको छलफलमा लगानीकर्ता, कृषि मन्त्रालयका पदाधिकारी तथा अन्य सरोकारवाला र विज्ञसँग छलफल गर्ने बताए । कोरोनाका कारण विश्वमा नै मलको हाहाकार छ ।

भएको मलको मूल्य आकाशिएको छ, खरिद गरिएको मल पनि कारोनाका कारण आयातमा अवरोध भइरहेको छ । त्यसको एउटै विकल्प नेपाल सरकार अब आफ्नै मल कारखाना खोल्नेतिर जानुपर्ने मन्त्री यादवले बताए । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077