Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

खुकुरी प्रहार गरी दुई जनाको हत्या गरेको आरोपमा तामाङ पक्राउ

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाको बलेफी गाउँपालिका-७ स्थित माथिल्लो चिम्लिङमा दुई जनाको हत्या आरोपमा एक युवक लाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका विजयबहादुर तामाङ रहेका छन् । आइतबार बेलुका करिब पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुईजनाको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

हत्यापश्चात भागेका उनलाई राति ९ बजे कुलबाध सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । घटना भएलगत्तै तत्काल खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रारम्भिक सोधपुछमा तामाङले हत्या स्वीकार गरेको तथा स्थानीय व्यक्तिबाट सनाखत गराउँदा उनले नै घटना गराएको भन्ने खुल्न आएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077