Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियताका बिषयमा सबै दलहरूको साझा धारणा हुनुपर्छ: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताएका छन् ।

सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

‘यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन,’ उनले भने, ‘गोर्खा सैनिकको भर्नाबारे पनि टुंगो गर्नुपर्छ,' अध्यक्ष नेपालले भने।

यस्तै, कार्यक्रममा अध्यक्ष नेपालले संकीर्ण सोचले विदेश र सुरक्षा नीतिमा साझा धारणा बनाउन नसकिएको बताए। 'कतिपय विषयमा राष्ट्रिय सहमति चाहिन्छ । सुरक्षा, परराष्ट्रसम्बन्धी नीतिबारे साझा धारणा बनाउनुपर्छ,' नेपालले भने, ‘त्यो सम्भव हुन सकिरहेको छैन । हामीभित्रको संकीर्णताले गर्दा त्यसो हुन सकिरहेको छैन ।’

विदेश मामिला र राष्ट्रिय सुरक्षाका विषयमा मुलुकभित्रका सबै दलहरूको साझा धारणा हुनुपर्ने  अध्यक्ष नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077