Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेनमाथि आक्रमण गरे रुसी ग्यास पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले यदि रुसले युक्रेनमाथि आक्रमण गरेमा जर्मनीसँग जोडिने मुख्य ग्यास पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् । जर्मन चान्सलर ओलाफ सोल्जसँगको भेटवार्तापछि वासिङ्टनमा बोल्दै राष्ट्रपति बाइडनले ग्यास पाइपलाईन 'नर्ड स्ट्रीम टू' बन्द गरिदिने चेतावनी दिएका हुन् ।

फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रो र उनका रुसी समकक्षी पुटिनबीच मस्कोमा युद्ध छल्न सकिने भन्दै भेटवार्ता भइरहँदा वासिङ्टनमा बाइडन र सोल्जले छलफल गरेका हुन् । अमेरिकी अधिकारीहरूले आइतवार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज भेला पारिसकेको बताएका छन् ।

पछिल्ला सातामा मस्कोले पश्चिमा सैन्य गठबन्धन नेटोमा युक्रेन कहिल्यै सदस्य बन्न नपाउनु पर्ने माग राखेको छ। उसले पूर्वी युरोपमै नेटोका सैन्य सङ्ख्या घटाउनुपर्ने समेत भनिरहेको छ।

यतिखेर रुसले युक्रेनतर्फको सीमामा एकलाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ। रुसले युक्रेनतर्फको सीमामा एकलाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077