Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुनावको मुखमा राप्रपा छाडे कमल थापाले

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंगलबार गृह जिल्ला मकवानपुरको हेटौडामा पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु, पत्रकार सम्मेलनमा थापाले भने,' पार्टीभित्र आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

यसअघि सोमबार दिउँसो चाबहिलस्थित ओम दुर्गा पार्टी प्यालेसमा थापाले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरूसँग छलफल गरेका थिए।

पार्टीको महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्न लागेका हुन्। महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपका कारण आफूले हारेको थापाको आरोप छ।

यद्यपि सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको बेला चुनावको मुखमै आएर पार्टी छाड्नुलाई थप अर्थपूर्ण तरिकाले बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077