Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक, एमसीसी सूचीमै परेन

काठमाडौं । भोलि (बुधबार) बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।

यस्तै, सभामुख अग्नी सापकोटाले सभासद जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत पेश गर्ने छन् । नेपाली कांग्रेसबाट ०६४ सालको संविधान सभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य ताजपुरियाको ७८ वर्षको उमेरमा १७ पुसमा निधन भएको थियो ।

सम्भावित कार्यसूचीमा चर्चामा रहेको एमसीसी परेको छैन । एमसीसीलाई सम्भावित कार्यसूचीमा अनुमोदनका गर्ने वा नगर्ने भनेबारेको निर्णय कार्यब्यबस्था समितिको बैठकले गर्नेछ। कार्यब्यबस्था समितिको बैठक भोलि बिहान ११ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077