Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन संकट : बेलायती विशेष फौजका सय भन्दा धेरै सदस्य युक्रेन पुगे

काठमाडौं । रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विशेष फौजका सय भन्दा धेरै सदस्य युक्रेन पुगेका छन् ।

उनीहरु युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको बेलायती अधिकारीले बताएका छन् । रुसले अहिले एक लाखभन्दा धेरै सैनिक सिमा क्षेत्रमा तैनाथ गरेको छ ।

युक्रेनका एक उच्च अधिकारीले पनि बेलायतबाट आफुहरूले सय जनाभन्दा धेरै सुरक्षाकर्मी प्राप्त गरेको पुष्टि गरेका खबरमा उल्लेख छ ।

रुस, युक्रेन र पश्चिमा देशबीचको तनाब झण्डै ८ वर्षअघिदेखि नै देखिएको हो । रुसले पूर्वी डोनबस क्षेत्रमा विद्रोही समूहलाई सघाइरहेको आरोप पश्चिमी देशहरुले लगाएका छन् । तर रूसले यसलाई अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077