Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : न्युक्यासल र वेस्टह्याम विजयी, बर्नली र युनाइटेडको खेल बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा न्युक्यासल र वेस्टह्याम विजयी भएका छन् । बर्नली र म्यानचेस्टर युनाइटेडको खेल १–१ को बराबरीमा रोकिएको छ।

गएराति भएका खेलमा न्युक्यासलले एभर्टनलाई ३–१ गोलले हरायो । जितपछि न्युक्यासलको २२ खेलमा १८ अंक भएको छ । न्युक्यासल १७ औ स्थानमा छ । एक खेल कम खेलेको एभर्टन १९ अंकका साथ १६ औँ स्थानमा छ ।

अर्को खेलमा वेस्ट ह्यामले वार्टफोडलाई १–० गोलले पराजित गरेको छ । जितपछि वेस्टह्याम अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २४ खेलमा ४० अंक छ ।

त्यस्तै बर्नलीसँगको खेलमा युनाइटेडले अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा नै म्यानचेस्टर युनाइटेडले पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो ।

खेलको ४७ औं मिनेटमा बर्नलीका जे–रोड्रिगेजले गोल गरी खेल बराबरीमा ल्याए । बराबरीपछि दुवै टोलीले अंक बाँडेका छन् । यससँगै म्यानचेस्टर युनाइटेड अङ्कतालिकाको पाँचौं स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077