Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

७७ सैन्य अधिकारी सेनाको कमाण्ड तथा स्टाफ कोर्समा छनौट (सूचीसहित)

काठमाडौँ । नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्सका लागि १८४ जना उर्तिण भएका छन् । जसमध्ये ७७ जना छनौट भएका छन् भने बाँकी १०७ जनाले परीक्षा उर्तिण गरेर मेरिट लिस्टमा परेका छन् ।

कलेजका कमाण्डेन्ट उपरथी हिरालाल जोशीको नेतृत्वमा रहेको बोर्डले यस वर्षका लागि ७७ जनालाई छनौट गरेको हो । यस्तै परिक्षा उर्तिण गरेका बाँकी १०७ जनाले कुनै सिट खाली भएमा मेरिट नम्बर अनुसार अवसर पाउनेछन् ।

परीक्षा बोर्डमा उपरथी जोशीसहित सहायक रथीहरु दिपककुमार बानियाँ, सन्तोष वल्लभ पौडेल, नारायण सिलवाल, हिम्मतबहादुर बिष्ट र बिष्णुकुमार खड्का तथा महासेनानीहरु पदमबहादुर बुढा, रोजप्रताप जबरा, पुरन घले, दिरेन्द्रकुमार मल्ल, सरोजकुमार अधिकारी, भिमशंकर वन र राजेन्द्र श्रेष्ठ रहेका थिए ।

नेपाली सेनाले सेनाको कमाण्ड तथा स्टाफ कोर्समा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई समेत सहभागी गराउने गरेको छ । यस्तै कोर्सका लागि १२ जना विदेशी सेनाका सैन्य अधिकारी सहभागी हुने गरेका छन् ।

यी हुन् छनौट तथा उत्रीण भएका सैन्य अधिकारीहरुको विवरणः


सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालन हुने एकवर्ष लामो यो कोर्सलाई सैनिक अधिकारीहरुको वृत्ती विकासको महत्वपूर्ण खुट्किलोको रुपमा लिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077