Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड भेट्न खुमलटार पुगे माधव, एमसीसीबारे छलफल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रचण्डको सचिवालय स्रोतका अनुसार बुधवार बिहान प्रचण्डलाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष नेपाल खुमलटार पुगेका थिए।

प्रचण्ड र नेपालबीच पछिल्लो समय चर्चामा रहेको एमसीसी सम्झौताको बिषयलाई लिएर कुराकानी भएको सचिवालयले जनाएको छ।

साथै, भेटमा समसामयिक राजनीतिक विषयबस्तु, गठबन्धनको अवस्था र कर्णाली मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।

पछिल्लो समय सत्ता साझेदार दल नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्ने अडान लिएको छ भने माओवादी र नेकपा (एस) विना संशोधन एमसीसी पास हुन नहुने अडानमा छन् । एमसीसीकै कारण गठबन्धनमा दरार उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077