Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माइतीघरमा 'गो ब्याक एमसीसी' भन्दै विरोध प्रदर्शन, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ।

पछिल्लो समय निकै चर्चामा रहेको एमसीसी सम्झौताको बिरोध गर्दै बुधबार मध्यान्ह माइतीघरमा ७ राजनीतिक दलले सयुंक्तरुपमा प्रदर्शन गरेका हो।

नेपाल कम्युनिष्ट पार्टी,नेकपा मसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) सयुंक्त रूपमा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा एमसिसी खारेज गरौं, गो ब्याक एमसिसी, वैदेशिक हस्तक्षेप बन्द गरौं जस्ता प्लेकार्डसहितका नारा लगाइएको थियो । अहिले उक्त क्षेत्रको शान्ति सुरक्षा व्‍यवस्थालाई ध्यानमा राख्‍दै ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077