Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्रोत नखुलेको ६९ लाख ९९ हजार नगदसहित नुवाकोटका ढुङ्गाना पक्राउ

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ६९ लाख ९९ हजार नगदसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-३ चाउथे घर भइ २९ बर्षीय नवराज ढुङ्गाना रहेका छन् ।

प्रहरीका अनुसार मंगलबार साँझ बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी बृत्त बालाजुबाट संयुक्त रुपमा खटिएको टोलीले ढुङ्गानालाई बालाजु बाइपासबाट पक्राउ गरेको हो।

पक्राउ परेका ढुङ्गानाको साथबाट स्रोत नखुलेको उनन्सत्तरी लाख उनान्सय हजार बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीलाई थप अनुसन्धानका तथा कारवाहीका लागि राजश्व अनुसन्धान बिभाग पुल्चोक ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077