Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैशाख ३० को स्थानीय निर्वाचनबारे भंगहाका मेयरको रिट निवेदनलाई सर्वोच्चले गर्यो दरपीठ

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले स्थानीय तहको निर्वाचनको मितिको बिषयमा पेश गरेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

मेयर साहले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मितिको विषयमा चुनाव गर्दा संविधानले तोके अनुसार आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भन्दै सर्वोच्चमा रिट लिए पुगेका थिए । तर, रजिष्ट्रार नारायणप्रसाद पन्थीले त्यो निवेदन दर्ता गर्नकै लागि योग्य नभएको निष्कर्षसहित दरपीठको आदेश दिएका हुन् ।

मेयर साहले आफू ७ असोज २०७४ मा निर्वाचित भएको र आफ्नो कार्यकाल ६ असोज २०७९ मा सकिने भन्दै वैशाख ३० मा निर्वाचन गर्दा आफूले पाँच वर्ष कार्यकाल पूरा गर्न नपाउने दावी गरेका थिए ।

सर्वोच्च अदालतमा पेश भएको निवेदन दर्ताका लागि योग्य छैन भने प्रशासनिक स्तरबाटै आधार र कारण खुलाएर दर्ता नहुने आदेश (दरपीठ) गरिन्छ ।जिष्ट्रार पन्थीले जारी गरेको दरपीठ आदेशमा ऐनको प्रावधान यथावत रहेको अवस्थामा मेयर साहले अनुमानका आधारमा निवेदन दर्ता गर्न खोजेको उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘नगरप्रमुखको पाँच वर्षको कार्यकाल घटाउने प्रवल सम्भावना रहेको भनी विना आधार प्रस्तुत निवेदन लिई आएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका आधारमा दर्ता गर्न मिलेन ।’

हेर्नुहोस् दरपीठ आदेश

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077