Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चेल्सी क्लब विश्वकपको फाइनलमा

एजेन्सी । साउदी अरबको क्लब अल हिलाललाई हराउँदै चेल्सी क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

गएराति यूएई स्थित मोहम्मद बिन जायेद स्टेडियममा भएको खेलमा प्रिमियर लिग क्लब चेल्सीले अल हिलाललाई १-० गोलअन्तरले हराउँदै फाइनल पुगेको हो ।

चेल्सीको जितमा रोमेलु लुकाकुले पहिलो हाफमा निर्णायक गोल गरेका थिए । जितसँगै चेल्सी फाइनल प्रवेश गरेको छ ।

फाइनलमा चेल्सीले ब्राजिलियन क्लब पालमेइरससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077