Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।

गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए।

सङ्घले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलित भएका हुन् ।

सङ्घका कर्मचारीले बुधबारदेखि बोर्डको कार्यालयभित्रै धर्ना सुरू गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077