Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चितवनमा पनि परीक्षणबिनै पीसीआर रिपोर्ट नेगेटिभ बनाउने धन्दा, भरतपुरबाट दुई युवा पक्राउ

    चितवनमा पनि परीक्षणबिनै पीसीआर रिपोर्ट नेगेटिभ बनाउने धन्दा, भरतपुरबाट दुई युवा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 930
    SHARES

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पीसीआर रिपोर्टको धन्दा चलाएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा भरतपुर चौबीसकोठीस्थित देव हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट सन्दीप सापकोटा र रत्ननगर नगरपालिका-६ बस्ने प्रकाश न्यौपाने रहेका छन् । उनीहरु दुवैमाथि जिल्ला अदालत चितवनबाट म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार गत माघ २५ गते देव हस्पिटलमा एउटा अपरेसन गर्नुपर्ने विरामीको पीसीआर नक्कली भेटिएपछि यस्तो धन्धाको विषय बाहिर आएको हो । ‘देव हस्पिटलमै काम गर्नेले विरामीको स्वाब तानेर न्यौपाने भन्नेलाई दिइएको र न्यौपानेले चाहिँ नक्कली पीसीआर बनाएर दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ।



    यस्तै, अनुसन्धानको क्रममा उनीहरुलाई अपरेसन गर्नुअघि चिकित्सकले पीसीआर गर्न भनेर एउटा चिट दिएका थिए । पछि उनीहरू दुईजना मिलेर आफूखुसी रिपोर्ट बनाएर दिएको खुल्न आएको प्रहरीको दाबी छ । यद्यपि नक्कली पीसीआर बनाउने स्थानको भने पहिचान भइनसकेको प्रहरीको भनाइ छ ।

    पक्राउ पर्नेहरुमध्ये रत्ननगरका न्यौपानेले यसअघि कोरोना महामारीको पहिलो र दोस्रो चरणका बेला भरतपुर अस्पतालको ल्याबमा काम गर्ने गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।  त्यसपछि उनले त्यहाँ काम छाडेको र विभिन्न अस्पतालसँग सम्पर्क राखेर स्वाबहरू ल्याएर परीक्षण गर्ने र नक्कली पीसीआर बनाउने गरेको भन्नेबारे अनुसन्धान भइरहको  प्रहरीले जनाएको छ।

    यसअघि गत माघ १९ गते बुधबार महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्टको धन्दा चलाएको आरोपमा भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट अस्पतालका कर्मचारीसहित ४ जना बिचौंलियाहरुलाई पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार