Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • परीक्षणबिनै पीसीआर रिपोर्ट नेगेटिभ, अस्पतालका कर्मचारीसहित चार बिचौंलिया पक्राउ

    परीक्षणबिनै पीसीआर रिपोर्ट नेगेटिभ, अस्पतालका कर्मचारीसहित चार बिचौंलिया पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्टको धन्दा चलाएको आरोपमा अस्पतालका कर्मचारीसहित ४ जना बिचौंलियाहरुलाई पक्राउ गरेको छ।

    महाशाखाका अनुसार उनीहरुलाई भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा पक्राउ गरिएको हो।



    पक्राउ पर्नेहरुमा विदेह नगरपालिका-४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका-१ धनुषाका नागेन्द्र यादव, तेमाल गाउँपालिका-५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका-७ सर्लाहीका प्रसन्नकुमार झा छन् ।



    यस्तै, राजदेवी नगरपालिका-४ रौतहटका भावेश मित्र र काठमाडौं महानगरपालिका-३२ का निर्मल गिरी भने फरार रहेको महाशाखाको भनाइ छ। पक्राउ परेकामध्ये आरोपित प्रसन्नकुमार झा नागरिक कम्युनिटी टिचिङ अस्पतालका ल्याब प्रबन्धक हुन् ।

    यसैगरी, भावेश मिश्र नागरिक कम्युनिटी टिचिङका पीसीआर ल्याब सञ्चालक र निर्मल गिरी कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक हुन् । महाशाखाका अनुसार उनीहरुले व्यक्तिको स्वाबको नमुना नलिइकनै नेगेटिभ रिपोर्ट दिने गरेका थिए । त्यस्तै कतिपय पीसीआर पोजेटिभ देखिएका नमुनाको सिटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको पनि महाशाखाको दाबी छ।

    महाशाखाका अनुसार ती अस्पताल र ल्याबबाट सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबविनै विचौलियाहरुले आफैंले आफ्नो स्वाब संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको अनुसन्धानमा खुलेको छ।

    त्यस्तै, विचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरुलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी एक जनाबाट १० हजार रुपैयाँसम्म असुल गरेको पाइएको पनि महाशाखाले बताएको छ ।

    उनीहरूको साथबाट पीसीआर रिपोर्ट नेगेटिभ बनाउने कम्प्युटर मनिटर, ल्यापटप, सीपीयु, नक्कली पीसीआर रिपोर्ट र मोबाइलगायत सामग्रीसमेत बरामद गरिएको महाशाखाले जनाएको छ।

    अहिले दुबै अस्पतालका पीसीआर ल्याबहरु सिल गरी सबै सेवा बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको महाशाखाको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार