Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीकै कारण गठबन्धन टुट्ने संकेत, प्रचण्ड र माधवद्वारा देउवालाई सहयोग नगर्ने घोषणा

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताकै कारण सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मतभेद भएको छ ।

जसरी पनि एमसीसी पारित गराउने अडानका साथ अघि बढेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई गठबन्धनमा आवद्द माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्झौतालाई असहयोग गर्ने भएपछि उनीहरुबीच मतभेद बढेको हो।

बिहीबार बिहान बालुवाटार पुगेका ‘प्रचण्ड’ र नेपालले प्रधानमन्त्री देउवालाई भेटेर एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्न नसकिने बताएका छन्। उनीहरुले एमसीसीप्रति आफ्नो दलको धारणा प्रष्ट पार्दै बिनासंशोधन एमसीसी पास नगर्ने प्रस्ट पारेका हुन् ।

अमेरिकाले फागुन १६ भित्र एमसीसीबारे टुंगो लगाउन दबाब दिएको छ । एमसीसीकै कारण प्रधानमन्त्री देउवा दबाबमा छन् । एमसीसीमा सहयोग नगरे गठबन्धन तोड्ने देउवाले यसअघि नै प्रचण्ड र माधवलाई चेतावनी दिएका थिए। देउवाले गठबन्धन तोडे एमाले अध्यक्ष केपी ओलीले समर्थन गर्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077