Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेन संकट : रुसले आफ्नो समुद्री पहुँचमा अवरोध पुर्‍याएको युक्रेनको आरोप

एजेन्सी । रुसले आफ्नो समुद्री पहुँचमा अवरोध पुर्‍याएको युक्रेनका विदेशमन्त्रीले आरोप लगाएका छन् ।

विदेशमन्त्री दिमेत्रो कुलेबाले सी अफ एजोफ पूरै अवरूद्ध पारिएको र ब्ल्याक सीको बाटो समेत लगभग पूरै जस्तो विच्छेद गरिएको आरोप लगाएका हुन् ।

उक्त क्षेत्रमा बढ्दो तनावमाझ अर्को साता रुसी नौसेनाले एउटा सैन्य अभ्यास गर्न लागेका बेला युक्रेनका विदेशमन्त्रीले यस्तो आरोप लगाएका हुन् । रुसले युक्रेनको दक्षिणतर्फका ती सागरमा अर्को साता हुने सैन्य अभ्यासका क्रममा क्षेप्यास्त्र प्रहार र गोलाबारी हुनसक्ने भन्दै तटीय क्षेत्रका लागि पूर्वचेतावनी जारी गरेको छ।

त्यस क्षेत्रमा तनाव चुलिएका बेला रुसी सैन्य अभ्यासले समुद्रमा आउजाउ 'व्यवहारिक रूपमा असम्भव' भएको युक्रेनले जनाएको छ ।

युक्रेनतर्फका सीमामा एक लाखभन्दा धेरै रुसी सैनिक तैनाथ गरिए पनि युक्रेनमा हमलाको योजना बनाएको भन्ने पश्चिमा आरोपलाई मस्कोले अस्वीकार गर्दै आएको छ। तर रुसले यसै साता छिमेकी बेलारुससँग एउटा ठूलो सैन्य अभ्यास सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077