Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीबारे माधव नेपालले भने- आँखा चिम्लेर समर्थन गर्न सकिंदैन, सम्झौता मिति पर सारौं

वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् ।

शुक्रबार वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले संशोधनबिना एमसीसी पास गर्न नसकिने बताए।

एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौति रहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने- 'एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन्, एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ, एउटा ठूलो चुनौति छ।'

कार्यक्रममा अध्यक्ष नेपालले सम्झौता मिति पर सार्न समेत सुझाए । सम्झौता मिति पर सारे राम्रो हुने नेपालको सुझाव छ । ‘सम्झौता मिति पर सारे राम्रो हुन्थ्यो, छलफल गर्न समय मिल्थ्यो । गहिरोसँग अध्ययन गर्न पाइन्थ्यो,’ नेपालले भने, ‘अन्तिम निष्कर्षमा पुग्न बाँकी छ । तर, आँखा चिम्लेर एमसीसीलाई समर्थन गर्न सकिंदैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन दौडधुपमा लागेको बेला सत्ता गठबन्धनका नेता नेपालले यस्तो अभिव्यक्ति दिएका हुन्। एमसीसीकै कारण गठबन्धन भताभुङ्ग हुने स्थिति देखिएको छ । एमसीसीकै कारण प्रधानमन्त्री देउवा दबाबमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077